शनिवार, 28 नवंबर 2009

गजल

छुट्नेलाइ नै थाहा हुन्छ छुट्दा कस्तो पीडा हुन्छ
विवसतामा दिलको नाता टुट्दा कस्तो पीडा हुन्छ

अरुलाई के थाहा त बाध्यतामा परेपछि
आफैले आफ्नै खुसि लुट्दा कस्तो पीडा हुन्छ

वर्षौ लगाइ संरचेका आफ्नै आत्मा विश्वासहरु
पराइको कुरा सुनि फुट्दा कस्तो पीडा हुन्छ

तलाउ ढाक्ने चाल सरि भुमिका बाधि बाधि
आफन्तकै वचनले चुट्दा कस्तो पीडा हुन्छ

सक्छौ भने बैरागीको मन स“ग बुझिहेर
मित्र जति शत्रु बनि जुट्दा कस्तो पीडा हुन्छ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Thank you so much