गुरुवार, 10 दिसंबर 2009

सम्बन्धका स्वरहरु


न्यानो मायाको समिपमा
मिठो सम्झनाको चौकुनामा
तँपाईको अमिट माया
स्नेह र सम्झनाहरुलाई
आङ्कलन गरेर
यो स्वप्निल संसारमा
हराउन चाहन्छु , म आफैलाई
यो समय यतिकै बसोस
यो पृथ्वीले घुम्न बिर्सियोस
सुर्यले पश्चिम नदेखोस ....
तर यि सबै हुन सक्दैनन्
तर पनि म र म मा
तँपाईको न्यानो माया
र तँपाई प्रतिको सम्मान,आदर
त्यो पश्चिम तिर ढल्केर जाने सुर्य जस्तो
अँधेरो पारेर जाने छैन
नदि जस्तो बगेर बस्नेछ ता की
जति बगे पनि छाडेर जने छैन
एक मिठो माया
एउटा अटुट सम्बन्ध
( यो कविता केबल साबी दीदी को लागि ............)

2 टिप्‍पणियां:

  1. शब्दको अभाब महशुस भैरहेको छ भाई मलाई यति छोटो समय अबधीको यो अपार तिम्रो माया कुनै शब्द संग तुलना गर्न सक्दिन ..

    जवाब देंहटाएं
  2. दिदीलाई फुल्याउन कति जान्ने बाई..................!!

    जवाब देंहटाएं

Thank you so much