रविवार, 14 फ़रवरी 2010

गजल


कस्ले जान्दैन र जन्मे पछि मर्छु भनेर
लगाम नबाधि घोडा चढ्दा लर्छु भनेर

लक्ष्य तोकी निक्ले पछि जिन्दगीको यात्रामा
जान्नु पर्छ सुखसँगै दुःखमा पनि पर्छु भनेर

मान्छेको जातनै यस्तै जति पायो उति खोज्छ
हर प्रयत्न आफ्नो भागमा खुसि मात्र भर्छु भनेर

चाहे जति पाइन्न पाएको नि गुमाउनु पर्छ
को तयार हुन्छ र सुमनको वस्ती तर्छु भनेर

यस्तै हो सबै माया सफल पनि हुन्न रैछ
कस्ले गरेको हुन्छ र असफल प्रेम गर्छु भनेर

1 टिप्पणी:

  1. ब्लग राम्रो लाग्यो । निरन्तरताको शुभकामना छ है सुजन जी ।
    http://www.onlinekhaskhas.blogspot.com/
    मेरोमा पनि जोडिनुहोला ।

    जवाब देंहटाएं

Thank you so much