रविवार, 25 अप्रैल 2010

मुक्तक


नेपालीलाई अलपत्र पार्न दिनु हुन्न
संविधान लेख्ने दिन सार्न दिनु हुन्न
यता भर्ति गरि राछ उता तालिम दिदै छ रे
होशियार है जनतालाई मार्न दिनु हुन्न

न त वार न पार भए तिमीसगँ हारेपछि
धर्तिमालाई भार भए तिमीसगँ हारेपछि
परिचय अस्तृत्व सबै सबै टुटाए
अनि मुक्तककार भए तिमीसगँ हारेपछि

गुरुवार, 15 अप्रैल 2010

गजल


जन्म भूमि मेरो देश छारेर जादैछु
आज मैले आफैसँग हारेर जादैछु

धेरै भयो भोको पेटले देश भक्ति छाँट्या
आदर्शका प्रत्यक पंति टारेर जादैछु

न्यानो माया ममता सम्झिएर फेरी
अन्तिम पटक दुई थोपा झारेर जादैछु

बाध्यतामा परेपछि विवसताले घेरे पछि
आफ्नै भागको आफ्नै खुसि बारेर जादैछु

आफै लुटिइ सम्झौताको जीवन जिउनु परेपछि
मनको रहर जति सबै मारेर जादैछु