सोमवार, 13 मार्च 2017

सपनाको देश !


– सुजन बैरागी 
हजार सपनाहरु सँगै देखेर
कैयौं पूरा कैयौ अधुरै छाडि
तिम्रो प्रियसीलाई एक्लो पारी
आखिर तिमी उडि छाड्यौ
तिम्रो सपनाको देश !

हाम्रो सपनाहरु सबै साझा रहे
तर एउटै सपना हाम्रो एकै हुन सकेन
ती कैयौ सपनाहरुले पनि रोक्न सकेन तिमीलाई
बस त्यही एउटा सपनाको पछि लागेर
आखिर तिमी उडि छाड्यौ
तिम्रो सपनाको देश !

आमाको न्यानो काख
प्रियसीको अटुट साथ
अनि ताते गर्न
सन्तानले उठाएको हातको वास्ता नगरेरै
केबल तिम्रो एउटा सपनाको लागि
आमा, प्रियसी र सन्तान
सबैको सपना तोड्दै
आखिर तिमी उडि छाड्यौ
तिम्रो सपनाको देश !