रविवार, 21 फ़रवरी 2010

गजल

साबी दिदीको लागि
वाधा आउँछ जिन्दगीमा रुक्नु हुन्न दिदी
अविरल बहनु पर्छ सुक्नु हुन्न दिदी

यस्तै हो यात्रामा कतै फूल कतै काँडा
काडै टेक्नु परेपनि चुक्नु हुन्न दिदी

यात्री तपाँई जिन्दगीको सफल हुनु छ
शोकमा डुबि चुनौतीमा झुक्नु हुन्न दिदी

विषै परे पनि भागमा पचाउनु पर्छ
ग्रहण गरि सकेपछि थेक्नु हुन्न दिदी

हरेक समस्यामा दृढ भई सामना गर्नु
काएर बनि तर्की तर्की लुक्नु हुन्न दिदी
sujan

गुरुवार, 18 फ़रवरी 2010

शैयामा छाडेको जीवन

— सुजन बैरागी
सीस्टर प्लीज मलाई थोरै पानी दिनुस्न । आ. ऽ ऽ ऽ.ए सीस्टर सी....स्...ट...
आयुष आयुष के भो ? डक्टर .. डक्टर वेड नं. १०४ को प्यासेन्ट फेरी बेहोस । अक्सीजन तयार गर । सीस्टर रिपोर्ट देखाउनुस त, ओ माई गड इट्स भेरी क्रिटिकल । सीस्टर डक्टर महेशलाई आज रात पनि हस्पिटलमा नै बस्ने सुचना सुनाइदिनु म पनि आज हस्पिटलमै हुनेछु । सीस्टर यो पेसेन्टको कोही आफन्त छैनन् क्या हो ? खै डक्टर साव छैनन् भनौ भने कहिले काही दिनको आठ नौ जना पनि आउछन् कहिले कोही पनि हुदैनन् फेरी उसको नजिकको भन्ने त आज सम्म एक जना पनि देखेकि छैन । जसले हस्पिटलमा भर्ना गराएको थियो उ, उसको श्रीमती हो रे तर खै जून दिन भर्ना गराएर गएकि त्यस दिन देखि उ यहाँ देखिएकि छिनन् । अरे यो त बडो अचम्मको कुरा पो सुनाउनु भयो त यो कसरि हुन सक्छ ! के ती महिला उसको श्रीमती नै त थिइन ? हो डक्टर यो कुरा मलाई महेषले नै भनेको हो होष आँउदा राम्रो सँग कुरा गर्छ उ, उसको कुरा सुन्दा मुटु भक्कानिएर आँउछ म यो पनि बिर्सन्छु कि म एउटा नर्स हँु । उसको कुरा सुनेपछि मेरो सबै पीडाहरू बिर्सन्छु म । कति बुद्दिमानी छ उ , लाग्छ कोही प्रोफेसरको साथमा छु ।
सुप्रभात आयूष , सुप्रभात डक्टर । कस्तो छ अहिले ? ठिक छु डक्टर । थाहा छैन डक्टर अझै कति पटक मर्नु पर्ने हो मैले, मरेको मरेकै छु र पनि बाँचिरहेको छु । कोही मर्न चाहेर पनि मर्न सक्दैनन् कोही बाँच्न चाहेर पनि मरिरहेका छन् कसलाई के भन्ने ? कतै मरेर पनि मर्न सक्दैन जीवन कतै जिउदै पनि मर्छ जीवन हो उस्तै छ जीवन जसलाई सबैले स्वीकार्नु पर्छ भोग्नु पर्छ , र म पनि त्यही भोग्दैछु । ल भैगो आयूष तिमी सँग मैले कुरा गर्न नसक्ने रहेछु अँ साँचि तिम्रो आफन्तहरु कोही आएको देखिन्नन् नि के हो ? तिम्रो कोही छैनन् ? खै डक्टर कसलाई आफ्नो भन्ने हो नै मैले त बुझ्नै सकेको छैन जन्म दिने आमा बुबालाई आफ्नो भनौँ भने आमा बुबा को हो भन्ने नै थाहा छैन , बच्चाबेला देखि हुर्काएर शिक्षा दिनेलाई आफ्नो भनौ भने उसैले मलाई चोरी , डकैत र अपराधिक कार्यमा लगायो, जब जब सही गलतको ज्ञान हुन थाल्यो तब त्यो घर छोडेर गल्लि गल्लि भौतारिदै हिड्दा जागिर दिएर जून गुण लगायो उसलाई आफ्नो भनौ भने उसले कामको लागि मात्र प्रयोग ग¥यो , यस्तै यस्तै दुःख गरेर कलेजको पढाई पूरा गर्दै गँए कलेजमा धेरै सँग सङ्गत भयो त्यसमा पनि कसै कसैले धेरै नै सामिप्यता दिए तिनलाई आफ्नो भनौ भने मोड अनुसार सबै बद्लिदै गए , जुनि भर साथ दिन्छु हरेक दुःख सुखको साथी म तिम्रो , तिम्रो भागको दुःख पनि बाँडेर लिन्छु भन्ने मेरी श्रीमती सम्मले मेरो यो अबस्थामा एकपटक हस्पिटलमा भर्ना गरे देखि अर्काे पटक आउनु उचित ठानिनन् किनकि उनलाई म भन्दा उनको व्यापार ठूलो थियो उनलाई पैसा म भन्दा बढि आबश्यकता थियो , अब तँपाई नै भन्नुस डक्टर मैले कसलाई आफ्नो भन्ने मैले ? मेरो लागि त तपाई नै आफ्नो जसले मलाई फेरी बचायो र मीना सिस्टर नै आफ्नो जसले मेरो सेवामा दिन रात नै नभनेर आफ्नो ड्यूटी सकिएर पनि मेरो सेवामा निरन्तर लागिरहनु भयो ।
आयूष गुड मर्निङ्ग यि तिम्रो लागि । मैले आज तिम्रो चाँडै स्वास्थ्य सुधारको कामना गर्दै मन्दिरमा १०८ लड्डु चढाएर आएको र बगैचाबाट तिम्रो लागि यो सुन्दर फूल पनि सोही कामनामा । मीना जी तपाईले मेरो लागि दिन रात नभनि यतिका गर्नु भएको छ कि तपाईको म ऋणी भै सकेको छु तर मीना जी मलाई यो कुरामा भने चित्त दुखाई छ मेरो लागि तपाईले मन्दिरमा गएर १०८ लड्डुमा १०८० खर्च गर्नुको सट्टामा त्यो पैसाले ती बाटोमा खान नपाएका को लागि केही किनिदिनु भएको भए तिनको एक छाकको लागि चिन्ता हुने थिएन र ति सबैको आशिर्वाद र कामना पनि लाग्ने थियो र बगैचाबाट जून सुन्दर पूmल मेरो सु–स्वास्थ्यको कामना गर्दै टिपेर ल्याउनु भयो त्यो फूल टिपेर मेरो स्वास्थमा सुधार हुने हैन बरु झन पाप लाग्नेछ मीना जी मेरो कुरालाई अन्यथा नलिनु होला म तपाईलाई धेरै आदर गर्छु जसले मेरो आफ्नो भन्नेहरु सबैले छाडेको बेला मेरो साथ दिनु भयो तर मीना जी फूल बगैचामा जति सुन्दर हुन्छ त्यति टिपेर ल्याएपछि कुनै पनि मुल्यमा पनि हुने छैन फूलको असली ठाँउ भनेकै उसको बगैचा हो जहाँ उसले आफ्नो सुन्दरता प्रदर्शन गरि धेरैलाई खुसि प्रदान गरेको हुन्छ , बगैचाको शोभा बढाएको हुन्छ । उसको पनि यो जीवन हो जसलाई उसले जीउन पाउनु पथ्र्याे तर उसको यो अधिकार तपाईले खोस्नु भएको छ मेरो नाममा । सिस्टर मीना स्तब्ध भइन ।
सिस्टर मीना .....तपाईको फोन छ सिस्टर श्रेयाको आवाजले झस्कदै सिस्टर मीना फोन कस्को हो ? श्रेया – खै मीना, नाम सोधेको आफन्त भन्नुभयो जेन्सको आवाज छ । श्रेया आयुषलाई जुस खुवाउँदै गर्नुस है म फोन एटेन्ड गरेर आउँछु । ल आयुष जी आज श्रेयाको हातको जुस पिउने है ? कि मीना जी लाई नै कुर्ने हो ? हैन सिस्टर श्रेया, जुस त जुस नै हो नि हैन र जसको हातबाट खाएपनि ? तर फरक यति हो कि कसैको प्यारमा मिठास थपिन्छ कसैकोमा ........... । यसको मतलब मेरो हातबाट जुस पिउँदा मिठास मिल्दैन हैन ? कुरा त्यही नै चाहिँ हैन तर त्यस्तै त्यस्तै चाहिँ हो श्रेया जी माइन्ड नगर्नु है । खै अलि माथि उठ आज मिठास नभए पनि मेरो हातको जुस त खानै पर्छ किनकी आज मीना जुस खुवाउन आइपुग्ने छैन । उ त उतैबाट डेटिङ्ग गैसकि उ उता हेर त त्यो सिसा बाहिर हो त्यो मीनासँग हिड्ने उसकोे प्रेमी हो । ल ल अब आराम गर केही कुराको आवश्यकता परे म यही हुन्छु मीना चाहिँ अब बेलुकि मात्रै आउने होला तिमी बिरामि भए देखि उसले कहिले हस्पिटल छाडेर जान पाइन आज बल्ल तिमीलाई अलि राम्रो भएको छ त्यसैले उ निस्किएकी हो नत्र आज पनि ... । कति धेरै दुःख दिए है मैले बिचरी मीना सिस्टर मेरो कारण आफ्नो प्रेमी सँग पनि मिल्न पाइनन् है ! हो त नी । श्रेया सिस्टर एकछिन म सँग कुरा गरेर बस्न मिल्छ प्लिज । हुन्छ किन नहुनु फेरी तिमी मिठा मिठा र काम लाग्दा कुरा पनि त गर्छौ , ल भन के कुरा गर्ने ? के कुरा गर्नु र यही त हो जीवनको मोडहरुको बारेमा जीवन पनि कस्तो सँग चल्छ है तपाई कहाँ को मान्छे सिस्टर मीना कहाँ को मान्छे र म कँहा को मान्छे तर हामीलाई यसरी भेट्नु रहेछ । के गर्नु आफ्नो भन्नेहरु सबैले छाडेर गए तर तँपाईहरु मेरो यति धेरै हेरचाह गर्नु हुन्छ । मीना सिस्टर त झन उल्टै मेरो हस्पिटलको चार्ज पनि तिरीरहनु भएको छ । सोच्दा पनि अनौठो लाग्छ म किन बाँचिरहेको हुँला जस्तो पनि लाग्छ । तर के गर्नु मान्छेको भाग त पूरा गर्नै प¥यो नि हैन ? सिस्टर श्रेया के भो तँपाई त .....!! हैन हैन केही हैन मेरो आँखामा धुलो पस्यो त्यसैले । सिस्टर श्रेया उठेर केही नबोली सरासर आफ्नो क्याविन तिर लागिन फोनको घन्टि बजिराखेको रहेछ सिस्टरले फोन पनि उठाइनन् । खै के गर्न लागेकी हो कुना पट्टि फर्केर भेरैबेर सम्म बसिरहिन । उनको मोबाइल बज्यो सिस्टर मीनाको कल थियो – सिस्टर श्रेया कस्तो छ आयूषलाई नत्र म बेलुकी मात्र आउँछु । सिस्टर – आयूष राम्रै छ । सिस्टरको रुन्चे स्वर सुनि सिस्टर मीना हतारिदै हस्पिटल आइपुगिन सिधै आयूषको बेडमा पुगिन तिमी ठिक छौ ? उ खै के गर्दै थियो उसका आँखा पनि रसाएका थिए । के भो ? सिस्टर अतालिदै बोलिन । धुलो , आयुषले आफ्नो मधुर आवाजमा बोल्यो । हेर आयूष तिमीसँग यतिका दिन संगत गरेर यति त पक्कै पनि बुझ्ने भएकी छु कि तिम्रो आँखामा घुलो परेको बेलाको आँसु र मनमा पीडा भएर बगेको आँसुको फरक छुट्टाउन सक्छु । मलाई नजिकको ठान्छौ भने प्लिज भन के भयो ? आयूषले बिस्तारै टाउको उठाएर सिस्टर मीनालाई हे¥यो उसको मन झनै पिरलिएर आयो उसका आँखा झन बर्सिन थाले । आयूषको आँखाबाट बर्सेको आँसुको पीडा थाम्न नसकी सिस्टर मीना पनि आँखा पिल्पिलाउन थालिन र आयूषको शिरलाई आफ्नो काखमा राख्दै सान्त्वनाका शब्दहरु छर्न थालिन र आयूषलाई शान्त पार्ने प्रयासमा लागिरहिन तर आफै वर्सिरहिन निरन्तर साउने झरी जस्तै ........।
आज हस्पिटलमा भर्ना भएको एक्काइसौ दिन बित्यो खै के भो आज सिस्टर श्रेया पनि हस्पिटलमै बस्ने भइन उनि पनि आयूष प्रति धेरै दयालु बन्न थालिन । हुनत पहिला पनि माया नगर्ने हैन उनि तर उनले कहिले पनि हस्पिटलमा बस्ने गरेकी थिइनन् तर आज अचानक आयूष कै लागि भनेर बस्दैछिन उनि । साँझ झमक्कै भइसकेको थियो सिस्टर मीना र श्रेया आयूषको नजिक थिए अचानक ढोका खुल्यो एउटी सुन्दरी नारी गुलावी सारीमा भित्र छिरिन हातमा एउटा फाइल पनि बोकेकी थिइन उनले । हेर्दा पनि शुसिल लाग्ने ती नारीको जिउ डाल रुप सबै लोभ लाग्दा थिए दुबै सिस्टर अचम्म मानेर हेरिरहेका थिए आयूषको कोठामा यि को हुन ? उनको मधुर स्वर फु¥यो – कृपया म एकछिन आयूषसँग कुरा गरौ तपाईहरु बाहिर गइदिन सक्नु हुन्छ ? म आयूषको श्रीमती । मीना र श्रेया दुबै जना झस्के सिस्टर मीनालाई प्रश्नहरुको भारीनै बिसाइदिँउ जस्तो लागेको थियो तर त्यसो नगरेर उनले यति बोलिन आयूष अहिले निदाएको छ उसलाई आराम गर्न दिनुस । उनले फेरी अनुरोध गरिन हैन प्लिज जरुरी छ ।
बेलुकीको दश बजि सकेको थियो दुबै जना सिस्टरहरु बाहिर सिसाबाट हेरिरहेका थिए ती नारीले एउटा पेपरमा सही गर्न लगाइन आयूषले पनि केही नभनी सही गरिदियो खै के थियो र अर्को एउटा पेपर त्यही छाडिन र बिस्तारै आयूषलाई आफ्नो छातीमा लगाइन र निधारमा मधुर चुम्बन गरिन आयूष निर्जीब जन्तु झै रहिरह्यो यो देखेर सिस्टरहरु दुबै जना खुसी भए उनिहरुको खुसि आफु आफुमा बाड्दै थिए ती आयूषको श्रीमती भन्ने नारी निस्केर आयूषको राम्रो ख्याल गर्नु है भनेर फटाफट गइन । हतारिदै दुबै जना भित्र छिरे उनले छाडेको कागज कुनै घरको लालपुर्जा थियो जुन आयूषको नाममा थियो र आयूषले सही गरेको त सम्बन्ध बिच्छेदको कागजमा पो रहेछ । यो थाहा पाएपछि दुबै जनाको खुसि दुःखमा बदलिए । दुबै अचम्ममा परे पनि यति धेरै माया देखाएर यति ठूलो चोट पो दिएर गई कति क्रुर नारी रहिछे ?! दुवै जनाको मनमा शंका उपशंकाहरुले मन हलचल गरायो कतै कुनै समस्यामा परेको त होइन ? होइन भने किन यस्तो माया गरेको ? देखाउन मात्र खोजेको हो ? देखाउन पनि कसलाई परेको थियो र ? सोच्दा सोच्दै कुनै निश्कर्षमा पुग्न नपाउदै विहानीको संकेत गर्दैै चराहरुको कलाङ्ग मलाङ्ग सुरु भइसकेको थियो । मीना सिस्टरको एकाग्रता पनि भङ्ग भयो आयूष वेडमा अचेत थियो निदाउदा पनि कस्तो माया लाग्ने अनुहार यति ठूलो घटना घटेर पनि केही नभएजस्तो कति सालिन छ उसको अनुहार !! मीना चिया लेउ , सिस्टर श्रेयाको आवाजले मीना झसङ्ग हुदै चियाको कप तिर आँखा घुमाइन आज उनलाई चिया धमिलो लाग्यो बिस्तारै कप समाइन र टेवलमा राखिन चिया त्यतिकै सेलायो उनले वास्ता गरिनन् र पिइनन् पनि आज उनलाई नरमाइलो लागेको थियो उनि भित्र कैयौ प्रश्नहरुले उनलाई पीडित बनाएको थियो ।
आज सेप्टेम्बर १२ अबको आठ दिन सेप्टेम्बर २० मीनाले त भुलिसकेकी रहिछिन फोन आएर पो थाहा पाइन । अब उनले फर्कनु पर्छ उनको देश अब त उनको भिसा पनि थपिन्न मीनामा अर्काे चिन्ता थपियो आयूषलाई त भन्नै प¥यो । आयूष पाँच वर्ष बितिसकेछ के गर्ने तिमीलाई यो अबस्थामा छाड्ने मनै छैन तर मैले जानु पर्छ मैले त यो पनि भुलेको पो रहिछु की म यो देशको नागरिक हैन भनेर ,,,,, तिमी चिन्ता नगर तिमीलाई श्रेयाले राम्रो ख्याल गर्नेछिन म तिम्रो सम्पूणर््ा खर्चहरु उतैबाट पठाइ दिउँला खै के के भनिन मीनाले तर आयूष अगिनै देखि उनको शब्द सुन्न छाडिसकेको थियो उ एकोहोरो भइसकेको थियो अनायासै उसको आँखा बर्सन थाले तर पनि उ अञ्जान नै थियो वास उ त वर्सिरह्यो निरन्तर................ । पाँच दिन यसै गरि वित्यो मीना आयूषलाई सम्झाउने प्रयास गरिरहिन र आफै । रोइरहिन श्रेया कुना काप्चा छिरेर आफै रोइ रहिन । आयूषको स्वास्थ्यमा झनै विकार आउन थाल्यो उ पाँच दिनमा धेरै कमजोर भै सकेको थियो छैटौ दिन पनि वित्यो सातौ दिन पनि वित्यो तर रात कसरि विताए यि तीनले भन्ने कसैले पनि अड्कल काट्न सकेन । त्यो अन्तिम रात जुन रात उनिहरुको जीवनको अन्तिम रात थियो जाँहा उनिहरु सँगै हुनेछन भोलि त मीनाको एक बजेको उडान छ एघार बजे त छिरिसक्नु पर्छ यो रात कसैले कसैलाई केही भन्न सकेन कसैले कसैलाई सम्झाउन सकेन तीनै जना रोइरहे विहान भयो आयूषको अबस्था झनै नाजुक बन्यो आयूष मीना सिस्टर मीना सिस्टर भन्दा भन्दै अचेत भयो डक्टरलाई बोलाइयो उपचार त गर्छौ नै हामी तर औषधी तिमी हौ डक्टरले पनि यस्तो भने जाने मन त उनलाई पनि कहाँ छ र तर बस्न दिदैन यहाँको कानुनले मैले जानु पर्छ आयूष अचेत नै थियो १० बजिसकेको थियो अब मीना विस्तारै आफु बसेको ठाउँबाट उठिन आयूषको अचेत शरिरमा मायाको अन्तिम चुम्बन गरिन र त्यतिकै छाडेर गइन उनले फर्केर पनि हेरिनन् सारासर गइन हस्पिटलबाट टाढा आयूषबाट टाढा र यो देश देखि टाढा.......
— शिल्पी साहित्य प्रतिष्ठान काठमाण्डौ

रविवार, 14 फ़रवरी 2010

गजल


कस्ले जान्दैन र जन्मे पछि मर्छु भनेर
लगाम नबाधि घोडा चढ्दा लर्छु भनेर

लक्ष्य तोकी निक्ले पछि जिन्दगीको यात्रामा
जान्नु पर्छ सुखसँगै दुःखमा पनि पर्छु भनेर

मान्छेको जातनै यस्तै जति पायो उति खोज्छ
हर प्रयत्न आफ्नो भागमा खुसि मात्र भर्छु भनेर

चाहे जति पाइन्न पाएको नि गुमाउनु पर्छ
को तयार हुन्छ र सुमनको वस्ती तर्छु भनेर

यस्तै हो सबै माया सफल पनि हुन्न रैछ
कस्ले गरेको हुन्छ र असफल प्रेम गर्छु भनेर