बुधवार, 6 जनवरी 2010

आँचल भित्र


न्यानो काखमा राखि
पछ्यौरीमा लुकाई
घरि घरि चुम्छिन !
मायाले सुम्सुम्याउदै
आँखामा आँखा जुधाई
उनि त्यही हराउछिन
भविश्यको सिुन्दर सपना बुन्छिन !
शंका,
उब्जन्छ मन भित्र
डराउछिन दुष्ट आँखा नलागोस
कामना गर्छिन
र च्याप्प कसेर अँगालोमा बेर्छिन
पुनः चाहाना राख्छिन
सधँै यस्तै अँगालोमै बेर्न पाँउ
समयले पनि छुटाउन नसकोस !
सम्झन्छिन पतिको विभत्स लाश
र रसाउन दिन्छिन आँखा
बर्साउन दिन्छिन परेली
र खस्न दिनिन्छन आँसु
फेरी अँगालोमा च्याप्प कस्छिन
र निधारमा लामो चुम्बन गर्छिन
मुटु भरिको ममता पोख्छिन
भर्खरै पति गुमाएकी
कलिलो बालक काखमा लिएकी
आमा !!!