सोमवार, 14 दिसंबर 2009

लक्ष


खोला बगेर गए पनि पानी नसुक्ने रैछ
घाउ धेरै लागेपछि मुटु पनि दुख्ने रैछ
पैसा र सुख भन्ने चिजै खै कस्तो कस्तो
जति सुकै धेरै पाए पनि नपुग्ने रैछ

मागेर पाउदिन त के भो माग उनकै छ
घृणा गरेनी आखिर नाता खुनकै छ
आफ्नै खुट्टाको साहाराले हिड्नसक्ने
लंगडो छु त के भो लक्ष जुनकै छ

रविवार, 13 दिसंबर 2009

मायाको सौगात


उमङ्गले भरिएको छ जीवन,साथ पाए देखि
तपाईको न्यानो न्यानो काख पाए देखि
हरपल हरक्षण दुःख सुख बाड्ने
दिदीको यी मायाको सौगात पाए देखि

गुरुवार, 10 दिसंबर 2009

सम्बन्धका स्वरहरु


न्यानो मायाको समिपमा
मिठो सम्झनाको चौकुनामा
तँपाईको अमिट माया
स्नेह र सम्झनाहरुलाई
आङ्कलन गरेर
यो स्वप्निल संसारमा
हराउन चाहन्छु , म आफैलाई
यो समय यतिकै बसोस
यो पृथ्वीले घुम्न बिर्सियोस
सुर्यले पश्चिम नदेखोस ....
तर यि सबै हुन सक्दैनन्
तर पनि म र म मा
तँपाईको न्यानो माया
र तँपाई प्रतिको सम्मान,आदर
त्यो पश्चिम तिर ढल्केर जाने सुर्य जस्तो
अँधेरो पारेर जाने छैन
नदि जस्तो बगेर बस्नेछ ता की
जति बगे पनि छाडेर जने छैन
एक मिठो माया
एउटा अटुट सम्बन्ध
( यो कविता केबल साबी दीदी को लागि ............)

आँसु


परेली मै बस्यो आँसु खस्न नसकेर
ढोका बाहिरै अल्झिए म पस्न नसकेर
छाडिगइन प्रियसीले सबै नाता तोडि
दह्रोसँग प्रेम रसिले कस्न नसकेर

कसैको सम्झनामा लेँखे


कसैको सम्झनामा लेँखे कसैको अनुरोधमा लेँखे
कतै उल्लासमा लेँखे कतै अवरोधमा लेँखे

सुखको हाँसो होस वा दुःखको पीडा लेख्न कहिले छाडिन
कहिले बेथा पोख्न लेँखे त कहिले प्रतिशोधमा लेँखे

जिन्दगीको मेरो यो यात्रा देभासमा पर्दा खेरी
दोवाटोकै साहारा लिई दिशावोधमा लेँखे

कति भेटे कति भेटे साथ दिने र घात दिने
हाँसो ठट्टामा त कहिले, कहिले क्रोधमा लेँखे

मलाई गजल नै लेख्नु थियो जसरि लेखे पनि
कतै मिलनको खुसिमा त कतै तिम्रो शोकमा लेँखे
२०६६÷०८÷२४

गुरुवार, 3 दिसंबर 2009

गजल


आफ्नै मनलाई छलि तिमीलाई मन पराएछु
तिमीलाई पाउने आशमा आफैलाई हराएछु

कुनै भेटघाट चिनाजानी नै थ्यो
नजानेरै पनि तिमीलाई आफ्नो गराएछु

सोच्दा सोच्दै एकान्तमा तिम्रो प्रतिविम्ब
खै के के पो आयो मनमा उमङ्ग भराएछु

कल्पना मै खोजे तिमी कल्पना मै पाँए तर
वास्तबमा नै गुमाउछु कि भनि डराएछु

हो प्यारी मैले कलेज छाडिदिँए

हो प्यारी मैले कलेज छाडिदिँए

जाडो हामी सबैबाट विदा लिदै थियो, विहानै उठेर कलेज जाने हाम्रो दैनिकिको पहिलो कार्य नियमित राम्रै सँग र एकै गतिमा चलिनै रहेको थियो । परिर्वतन यति नै थियो कि मटो मटो भएर आउने युवा युवतीहरू अव दुब्ला पातला भएर आउन थालेका थिए । भद्दा शरिरहरू छाँटिएर श्लीम हुदै गएका थिए । कलेजको रुटिङ्ग पनि अब त पन्ध्र मिनेट अगाडि सरेको थियो । सरकारी कलेजको पढाँइ स्वतन्त्र विद्यार्थी यूनियनको नजिकिदो चुनाव विभित्र संगठनका प्राय दिनदिनै जस्तो कार्यक्रम र पढाई भै रहेको कक्षा कोठामा विभित्र सुचना, बीच बीचमा आउने विद्यार्थी, कक्षाकोठा भित्र बज्ने मोवाइलको तीतो अनुभव गराउने मिठा धूनहरू र खै के गर्न भनेर आएका हुन तर कक्षा कोठामा बसेर विभिन्न विषयमा कक्षाको पढाइलाई असर गरेर कुरा गरिरहेका विद्यार्थीहरू र राम्रो सँग पढेर केही गर्ने उद्देश्य बोकेर आएका तर राम्रो सँग पढ्न नपाउँदा दिक्क भएका सबै खाले विद्यार्थीको बीचमा सकेसम्म अगाडीको बेन्चमा बस्न रुचाउने म पनि थिँए एक नियमित विद्यार्थी ! हो नियमित तर म सँग ती अरूको जस्तो भविश्यको कुनै योजनाहरू थिएनन् म त एक लक्षविहीन यात्री थिँए निरुदेश्य चलिरहेको । होला कतिपय दिनहरू मैले पढिन होला तर कक्षा कोठामा बसेर अरू पढ्नेलाई भने मैले कहिल्यै बाधा पु¥याइन भनेर म ठोकुवा गरेर भन्न सक्छु । निरुदेश्य नै भएपनि मैले यो क्याम्पसमा पढेको पाँच बर्ष पुग्नै लाग्यो प्रबिणता प्रमाणपत्र तह देखि आज यो स्नातक तह सम्मको निरन्तर पढाइ निरन्तर नै थियो । यो बीचमा धेरै परिवर्तनहरू भए देशले नँया रूप लियो, राजनीतिले छुट्टै गति लियो, तर हाम्रो कलेजको पढाँइ र म एकै भयौ कलेजले पनि परिवर्तन लिन सकेन र मैले पनि ! यही कलेजमा पढेर धेरै माथि पुगिसकेका अग्रज विद्यर्थीहरू पनि प्रसस्त छन् यही कलेजले देशको लागि उपयुक्त व्यक्तिहरू जन्माएको छ । राम्रा राम्रा नेता, राम्रा राम्रा गायक गायिका, बरिष्ठ पत्रकारहरू आदि आदि...........
म पढ्ने कलेज सरकारी कलेजमा उत्किष्ठ गनिएको कलेजमा पर्छ कलेजले दिन नसकेको हैन मैले नै लिन सकिन, म मा त्यो क्षमता नै भएन कि म राम्रो मान्छे बन्न सँकु । म त एक नालाएक थिँए र छु , झन भँए । हो प्यारी म आज भोली झनै बिग्रेको छु तर मैले तिमीलाई केही कुरा पनि झुटबोलेको छैन । म न त झुट बोल्छु नत झुट मन पराउँछु र मलाई साथी भनेर पनि झुटबोल्नेहरू देखि धेरै जलन छ । प्यारी तिमीलाई याद होला मैले मेरो साथी रमीलाको बारेमा बताएको थिँए मेरी असल साथी भनेर याद कसरी नहोस मैले तिमी सँगको भेटमा सधै उनकै कुरा त गर्थे नि, तर प्यारी म गलत रहेछु हाम्रो मित्रता त्यती दह्रो रहेनछ या त मैले बुझ्न सकिन । उनि मलाई प्रेम गर्न थालिछिन मलाई उनको प्रस्तावले कुनै असर गरेन किनकि मलाई तिमी बाहेक अरू कसैको सोच आँउदैन थियो यो विषयमा, तर पनि मैले उनको मित्रताको कदर गरेर उनलाई साथ दिइनै रहे तर खै के भयो हामी बीचमा धेरै सानो सानो कुरामा पनि विवाद चलिरह्यो । सायद म नै अधम थिँए क्यारे र यो पाँच पाँच वर्ष सम्म उनले एक अधम साथीसँग मित्रता निभाएकि थिइन कि त हैन भने कसरी उनि भन्न सक्छिन कि म उनको साथि लाएक छैन के यतिका वर्षको मित्रता देखवा थियो ? त नत्र कसरि भन्न सक्छिन कि म उनको साथीको लायक छैन के यो कुरा पहिला थाहा थिएन ? मेरै गल्ति थियो कि मैले उनलाई यतिका वर्ष सम्म दुःख दिएको रहेछु के थाहा मेरो साथले उनि यति धेरै दुःखि छिन । प्यारी मैले उनि सँग चोखो दीलले चोखो मित्रता गँोसेको थिएँ हो त्यसैले उनि सँगको दुरताले म आजभोली प्राय सधै नै तनावमा रहन्छु उनिले जस्तै वास्तै नगरि भुलिदिन चाहे पनि अँह कसैगरि पनि सकिन खै उनले कसरि भुलिन मलाई हुन त भन्थिन तिमी को हौ र जसलाई म भुल्न नसकुँ साच्चै उनले कति सजिलै भनिदिइन मलाई म उनको कोही पनि होइन रे तर तर किन मैले उनलाई भुल्न सकिन ? के मैैले मात्र उनलाई मित्र ठानेको हो त ? जे होस म त उनलाई भुल्न सक्दिन नै तर उनको यो कदमलाई म हृदय देखि नै सफलताको कामना गर्छु कि उनि जाँहा जसरि जस्तो भएपनि खुसि रहुन । प्यारी आजभोली कलेजमा सबै कुराहरू अपुरा अधुरा र सबै सबै उराठ मात्र छन हो त्यसैले कलेज नै जान मन लाग्दैन के गर्ने बालापनको रमाइलो वातावरणमा हुर्कदै युवावस्थामा जुन पीडाहरूले मेरो जीवन एक नाटकीय बन्न पुग्यो त्यस बेला देखि मलाई न त दुःख सहन सक्ने क्षमता नै छ न त दुःखको सामना गर्ने नै र मलाई मेरो प्रीय लाग्ने साथीलाई दुःखि बनाइ अुाफु खुसि समेट्नु पनि छैन त्यसै पनि मैले कहिले नै राम्रो सँग पढ्न सकेको थिएँ र यदि मेरो उपस्थितिले उनलाई पीडा हुन्छ भने र मेरो अनुपस्थितीले उनि पीडित हुन्नन् भने किन त ? हो यही सोचेर पनि मैले कलेज छाडिदिएँ प्यारी हुन त मैले साथीहरूलाई अरू नै वाहाना बनाएको छु तर बास्तविकता भने यही हो । र मलाई यसमा दुःख पनि छैन दुःख त यसमा छ कि मैले उनलाई सधै दुःख दिएको रहेछु । प्यारी तिमी बिहान कलेज जादै गर्दा फोन गरेर किन कलेज नगएको भन्थ्यौ नि हो त्यसको उत्तर पनि यसमै पाउने छौ तिमीले, हो मैले त्यसैले कलेज छाडीदिँए प्यारी ताकि उनलाई मेरो अनुहारले पीडा नदियोस । मैले कोसिस धेरै गरे कि म उनको बारेमा यसरि पीडित बनेर सोच्न छाडिदिँऊ तर सकिन खै किन उनको यादले छाडेन मलाई मैले उनिसँग मेरो मित्रताको पहिलो स्थान सधै उनकै लागि जोगाएर राखेकोछु किनकि म उनको मित्रतालाई उनले जसरि बिर्सन सक्दिन त्यसै पनि उनि मेरो क्याम्पस जीवनको पहिलो र अहिले सम्म सँगै रहेको साथी हुन उनि होला यस बीचमा धेरै घटनाहरू घटे तर पनि उनि उनि नै थिइन छिन रहलिन तर म म थिँए तर अब म म हुन सकिन सायद उस्तै हुनुथियो र त मित्रताको गाढा प्रभाव हुँदाहुँदै पनि, मनभरि सजाएर राखेको हुादाहुदै पनि टाढा टाढा छिन उनि सायद धेरै नै टाढा उति कि सायद अब मैले उनलाई कहिलै भेट्ने छुइन, म सँग त्यो क्षमता रहने छैन, न त अब कहिलै जुटाउनै सक्नेछु, प्यारी तिमीले हाम्रो वा भनौ मेरो बारेमा सोच्ने बेला आएको छ किनकि एउटा साथीलार्इृ रुझाउन नसक्ने साथी, मित्रता निभाउन नसकेको मित्र, कसरि असल प्रेमि बत्र सक्ला के म तिम्रो उचित वा भनौ योग्य त छु ? किन मलार्इृ यस्तो लाग्छ कि म तिमीलाई तिमीले चाहेको जस्तो माया र तिमीले पाउनु पर्ने माया इज्जत म बाट पाउने छैनौ ।
प्यारी जान्ने कोसिस गर बुझ्ने प्रयास गर कतै पछि गएर उनिले ‘तिमी मेरो साथीको लागि योग्य छैनौ भने जस्तै’ तिमीले पनि ‘तिमी मेरो प्रमी बत्र लायक छैनौ’ भनेर भनौ भने सायद म त्यो पीडा सहन गर्न नसकुँला त्यसैले भन्छु कृपया अहिले नै राम्रो सँग बुझ है !
प्रीय साथी रमिला सम्बोधनको शब्दमा दुःख मन नगर तिमीले मलाई साथीको नाता बाटै हटाए पनि म तिमीलाई अझै पनि त्यही प्रीय साथी सम्झन्छु त्यसैले यो सम्बोधन राखेँ जिन्दगीको यात्रा र कलेज जीवनको लगभग अन्तिम चरणमा आएर तिमी र म बीचमा तिमीले वा मैले जुन घटना छट्यो यसमा तिमी खुसी हौला तर म धेरै दुःखी छु जे होस र जस्तो होस म तिमीलाई त्यही मित्रस्थान दिएर राख्ने छु जब सम्म म हुनेछु । छुट्नु त आखिर थियो नै तर, यसरि !? जे होस ‘भेट हुनुको परिणाम नै छुट्नु हो’ यही सम्झौँला र शुभकामना छ तिमीलाई विदा विदा विदा ....
ursm.ss@gmail.com
२८ फागुन २०६५

मंगलवार, 1 दिसंबर 2009

अवोध


आमा नयाँ नेपाल आए पछि
देशमा शान्ति छाँउछ
उदाङ्गिएको छानो छाइन्छ
च्यातिएको नाना फेरिन्छ
उक्किएको भित्तो टालिन्छ
हाम्रो चुलोमा सधै
सबैको पेट भरिने गरेर
टन्न भात पाक्छ भनेकी हैनौ ?
खै त आमा ?!

अनि तिमीले त
हाम्रो बाबा पनि आउनु हुन्छ
खै के के पो ल्याउनु हुन्छ
अनि, हामीले साहुकोमा
काम गर्न जानु पर्दैन भन्नु हुन्थ्यो
देशको रुपै पो फेरिन्छ
बिजुली बल्छ
धारामा पानी आउँछ पनि भन्नु हुन्थ्यो
खै केही भएकै छैन
के नयाँ नेपाल आएको त हो ?
अस्ति शहर जाँदा सुनेको
नयाँ नेपाल आएको हो रे
टि भी मा नेताले बोल्दै थिए
तिमीले भनेकै जस्तो
कतै तिमीले तिनै
नेताले भनेको सुनेर भनेकी त हेनौ
नेताको त विश्वास गर्नु हुन्न पनि भन्छन नी
तिनको त दुई ओटा जिब्रा हुन्छन रे
आमा दुई ओटा जिब्रा हुँदा अफ्टेरो हुदैन ?

पल्ल घरको साने दाइले भन्नु भाको
नेता भएपछि त घर गाडि सबै पाइन्छ रे
सुःख हुन्छ रे
सबैलाई काम लगाउन पो पाइन्छ रे
नमाने भने कुटे पनि केही हुदैन रे
के , हो त आमा ?
आमा म पनि ठूलो भएपछि नेता बन्छु है

साच्चि आमा नेता हुनलाई त धेरै पढ्नु पर्छ रे है
हाम्रोमा त स्कुल पनि छैन
अनि आमा नेताहरु त धेरै बुद्दिमानी हुन्छन रे
त्यसो भए जनताको लागि बन्ने संविधानमा
किन अबरोध गरेका
सम्झौता गर्न किन नमानेका ?
के नेता साच्चिकै देशका लागि लडेका त हुन आमा ?
अस्तिनै गरेका बाचाहरु खै त आमा ?
के यिनीहरु भुल्छन पनि ?

सोमवार, 30 नवंबर 2009

मुक्तक


फूल भनि लुकाएर काँडा दिई गयौ
प्यास मेटाउछु भनि मेरो रगत पिई गयौ
मेरो खुसि मेरो जीवन तिमी सक्झेर
तिम्रै तिम्ति बाँचेको थे प्राण लिई गयौ

गजल

दुनियाँले देखे जस्तो छैन जिन्दगी
तिमीले गजल नेखे जस्तो छैन जिन्दगी

जिबन भित्र सन्घर्ष सन्घर्षमा बाध
आख्यनमा समेटे जस्तो छैन जिन्दगी

बाधा सँगइ ब्यथा अनी ब्यथा भित्र क्रन्दन
बगैचामा भेटे जस्तो छैन जिन्दगी

हाँसो खुशी दु:ख सुख सिसाले लेखेर
इलेजरले मेटे जस्तो छैन जिन्दगी

देख्ने सुन्ने दुनियाँले प्रस्टै बुझन सक्ने
सारङिमा रेटे जस्तो छैन जिन्दगी

मुक्तक

पापी भने कसैले
घाती भने कसैले
नचिनेर हो कि अझै
साथी भने कसैले

शनिवार, 28 नवंबर 2009

गजल

छुट्नेलाइ नै थाहा हुन्छ छुट्दा कस्तो पीडा हुन्छ
विवसतामा दिलको नाता टुट्दा कस्तो पीडा हुन्छ

अरुलाई के थाहा त बाध्यतामा परेपछि
आफैले आफ्नै खुसि लुट्दा कस्तो पीडा हुन्छ

वर्षौ लगाइ संरचेका आफ्नै आत्मा विश्वासहरु
पराइको कुरा सुनि फुट्दा कस्तो पीडा हुन्छ

तलाउ ढाक्ने चाल सरि भुमिका बाधि बाधि
आफन्तकै वचनले चुट्दा कस्तो पीडा हुन्छ

सक्छौ भने बैरागीको मन स“ग बुझिहेर
मित्र जति शत्रु बनि जुट्दा कस्तो पीडा हुन्छ

शुक्रवार, 27 नवंबर 2009

गुलाव र म


आज मलाई उस्तै लागि रहेछ त्यो बगैचाकोे रातो गुलाव र म, त्यो गुलावको जीवन र मेरो जीवन, हो उस्तै यस्तै....., त्यो गुलाव जसलाई कसैले माया गरेर रोप्छ हुर्काउँछ र ठूलो बनाउँछ जब उ आफ्नो सुन्दरताले परिपूर्ण हुन्छे र जब उसलाई फक्रेर सुवास छरि सबैलाई खुसि पार्ने रहर सँगै अरु कैयौ इच्छाहरू पलाएका हुन्छन् हो त्यसैबेला एउटा आउँछ र उसको प्रेमी वा प्रेमीकाको खुसिको लागि भनि निमोठेर लगिदिन्छ उसलाई यो पनि थाहा हुदैनकि यसले जसलाई खुसि पार्न भनेर त्यो फूलको हत्या ग¥यो उसलाई त्यो मन पनि पर्छ कि पर्दैन ?मन पराएता पनि अनि सँगालेर राखेता पनि एकदनि जब त्यो सुक्न थाल्छ त्यसपछि उसलाई त्यो केवल एउटा फोहोर मात्र लाग्छ र फलिन्छ कतैफोहोरको थुप्रो तिर कसैले यो सोच्दैन कि त्यो फूलमा पनि कुनै पीडा छ यसको पनि कुनै रहर छ, उसको पनि कति सपनाहरू छन् । बास मुसारिन्छ चुँडिन्छ अनि कसैलाई दिइन्छ र केही समय पछि फालिन्छ केवल फोहोर मानि फगत फोहोर ! हो मेरो जीवन पनि उस्तै जन्मे आमा बाबा को काखमा यति धेरै माया पाँए हुर्के ठूली भँए र जब मेरो मनमा धेरै रहरहरू पलाउन थाले, जब मनमा के के नै गरौला भत्रे इच्छाहरू जागरुक भए हो ती इच्छा र खुसिहरूको समिप लाग्दै गर्दा मैले त्यही मलाई धेरै माया गर्ने मेरो बाबा आमाबाट नै मैले मेरा सबै इच्छा र खुसिहरू बिर्सेर अरूको खुसिको लागि पराई घर जानु प¥यो त्यही गुलाव जसरि र त्यस्तै पहिलो पहिलो दिनहरूमा माया देखाए पनि त्यसपछिका दिनहरू सबै तीता मात्र थिँए त्याँहा मेरो खुसिको कुनै मान्यता थिएन कसरि होस मलाई जन्माएर हुर्काएर यति ठूलो पार्ने मेरो बाबा आमालाई त मेरो खुसि र इच्छाको प्रवाह भएन भने त्यो त एम पराइ घर कुसरि बुभ्mन सक्छ म र म भित्रको मनलाई । त्यसैले त भन्छु नि म र गुलावमा कुनै अन्तर छैन उसले पनि अरूको खुसिको लागि आफ्नो इच्छा आकांक्षाहरू सबै गुमाउनु पर्छ त्यो पनि नचनहदा नचनहदै र मैले पनि अरूकै खुसि र आनन्दको लागि आफुलाई गुमाउनु परेको छ मन भरिका सबै इच्छाहरू मास्नु परेको छ हो गुलाव र ममा कुनै अन्तर छैन अरूको खुसिको लागि आफु जल्नु पर्ने गुलाव र म ।

पल्लवी रातहरुको विमोचन



संयुक्त मुक्तक संग्रह “पल्लवी रातहरु” को विमोचन यही मंसिर शनिवार २० गते दिउसो १ बजे नेपाल ल क्याम्पस गरिन भएकोले यँहाहरु सबैको उपस्थीतिको लागि हार्दिक निमन्त्रणा....